सुदूरपश्चिम प्रदेशका स्वास्थ्यकर्मीहरू आन्दोलित

धनगढी । सुदूरपश्चिम प्रदेशका स्वास्थ्यकर्मीहरुले स्थानीय तह सेवा गठन सम्बन्धी ऐनको विरोध गर्दै मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेका छन्। स्वास्थ्यकर्मीहरुले यस ऐनले विभेद र अन्याय गरेको भन्दै विरोध जनाएका छन्। उनीहरूले ऐनलाई नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्नको लागि तत्काल सुधारको माग गरेका छन्। प्रदर्शनकारीहरुले ’स्वास्थ्य अधिकार हाम्रो अधिकार, स्वास्थ्य संस्थाहरू खुल्नुपर्ने, नागरिकलाई समान स्वास्थ्य सेवाको […]

सुदूरपश्चिममा असारमामात्रै नौ अर्ब १० करोड खर्च

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा असारमामात्रै ३० प्रतिशत बढी बजेट खर्च गरेको छ । योजना कार्यान्वयन चरणको अन्तिमसम्म थोरै बजेट खर्चेको प्रदेश सरकारले असारमामात्रै नौ अर्ब १० करोड रुपियाँ खर्च गरेको हो । यस आर्थिक वर्षमा प्रदेश सरकारले कुल २२ अर्ब २८ करोड (७०.५० प्रतिशत) बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले […]

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नाउपा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले अनलाइनखबरलाई जानकारी दिए । सरकारबाट फिर्ता हुने निर्णय बारेको पत्र मुख्यमन्त्रीले बुझाइने उनले बताए । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार […]

सुदूरपश्चिम प्रदेश: आगामी आर्थिक वर्षको बजेट पारित

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान (बजेट) आज सर्वसम्मतिले पारित भएको छ।आज बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सरकारको आव २०८२/८३ को बजेट र सोसँग सम्बन्धित सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सभाबाट पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। यसअघि बजेटमाथिको […]

धनगढीमा दुई सय मिलिमिटर वर्षा, जलमग्न धनगढी

धनगढी। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गत २४ घण्टामा २०० मिलिमिटर वर्षा भएको छ । अत्तरियास्थित महाकाली बेसिनका प्रमुख इन्जिनियर संजयकुमार साहका अनुसार यो वर्षामा धनगढीमा यति धेरै पानी पहिलो पटक परेको हो । धनगढीमा आइतबार दिउँसाेदेखि पानी धनगढी, असार १६ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गत २४ घण्टामा २०० मिलिमिटर वर्षा भएको […]

जलमग्न सुदूरपश्चिम प्रदेशकाे राजधानी

धनगढी। आइतबार रातिबाट भइरहेको वर्षाले सुदूरपश्चिम प्रदेशको हाल राजधानी रहेको धनगढी बजार जलमग्न भएको छ ।धनगढी उपमहानगरको मुख्य सडकलगायत आसपासका बस्तीका सडक, घर पसल जलमग्न भएका हुन् । धनगढीस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, धनगढी उपमहानगरपालिकाको प्रमुख प्रशासनिक भवन अगाडी, सितल डेरी, पार्क चोकस्थित पसल, नेपाल राष्ट्र बैंकको पछाडिपट्टिको सडक र पश्चिमपट्टिको सडक लगायत क्षेत्र […]

प्रदेशको कुल बजेट दुई खर्ब ८७ अर्ब, बागमतीको ६७ अर्ब

काठमाडौँ । प्रतिपक्षीको विरोध र आन्तरिक किचलोबिच प्रदेश सरकारहरूले आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ को आय तथा राजस्वको अनुमान अर्थात् बजेट सार्वजनिक गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रत्येक वर्ष असारको १ गतेभित्र प्रदेश सरकारले बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुसार प्रदेश सरकारहरूले आआफ्नो प्रदेश सभामा नयाँ बजेट प्रस्तुत गरेका हुन् । प्रतिपक्षीको विरोधका […]

सुदूरपश्चिमको समृद्धिबारे काठमाडौंमा छलफल

कैलाली । सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिको लागि प्रदेश सरकारले काठमाडौमा सरोकारवालासँग छलफल गरिएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट बनाउने तयारीमा रहेको प्रदेश सरकारले संघीय राजधानीमा रहेका विषयविज्ञहरुसँग आइतबार प्रदेशका प्राथमिकताहरु बिषयक छलफल तथा अन्तरक्रिया गरेको हो । प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको कार्यक्रममा सुदुरपश्चिम प्रदेशबाट […]