धनगढी। आइतबार रातिबाट भइरहेको वर्षाले सुदूरपश्चिम प्रदेशको हाल राजधानी रहेको धनगढी बजार जलमग्न भएको छ ।धनगढी उपमहानगरको मुख्य सडकलगायत आसपासका बस्तीका सडक, घर पसल जलमग्न भएका हुन् ।
धनगढीस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, धनगढी उपमहानगरपालिकाको प्रमुख प्रशासनिक भवन अगाडी, सितल डेरी, पार्क चोकस्थित पसल, नेपाल राष्ट्र बैंकको पछाडिपट्टिको सडक र पश्चिमपट्टिको सडक लगायत क्षेत्र जलमग्न भएका हुन् ।
डुबानका कारण सवारी साधन गुड्नसमेत समस्या भएको छ । पानीका कारण बाटो नै डुबानमा परेपछि ग्योलक्सी, ऐश्वर्य विद्या निकेतन लगायत धनगढी क्षेत्रका अधिकांश विद्यालय बन्द गरिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले पनि सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागमा अझै केही समय वर्षा जारी रहने जनाएको छ।
महाशाखाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। धनगढी छेउमै रहेको मोहना नदीमा पनि अत्याधिक बाढी आएको छ, जसका कारण आसपासका बस्ती डुवान र कटान भइरहेका छन् ।
जलमग्न सुदूरपश्चिम प्रदेशकाे राजधानी
- प्रकाशित मिति : June 30, 2025
- sthaniyasarkar.com
