धनगढी । सुदूरपश्चिम प्रदेशका स्वास्थ्यकर्मीहरुले स्थानीय तह सेवा गठन सम्बन्धी ऐनको विरोध गर्दै मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेका छन्। स्वास्थ्यकर्मीहरुले यस ऐनले विभेद र अन्याय गरेको भन्दै विरोध जनाएका छन्।
उनीहरूले ऐनलाई नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्नको लागि तत्काल सुधारको माग गरेका छन्।
प्रदर्शनकारीहरुले ’स्वास्थ्य अधिकार हाम्रो अधिकार, स्वास्थ्य संस्थाहरू खुल्नुपर्ने, नागरिकलाई समान स्वास्थ्य सेवाको पहुँच अनिवार्य गर्नुपर्ने’ नारा लगाएका थिए।