भोटेकोशी गाउँपालिकामा आज एक दिनको शोक विदा घोषणा

सिन्धुपाल्चोक । काठमाडौँलगायत देशका विभिन्न स्थानहरूमा ‘Generation Z’ को अगुवाइमा भएको शान्तिपूर्ण आन्दोलनको क्रममा घटेको दुर्भाग्यपूर्ण हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भोटेकोशी गाउँपालिकाले आज मिति २०८२ भदौ २४ गते (मंगलबार) एक दिनको शोक विदा दिने निर्णय गरेको छ। गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू समेत बन्द हुने निर्णय लिइएको हो। सोमबार काठमाडौँमा भएको आन्दोलनमा सहभागी एक […]

भोटेकोशी गाउँपालिकाः अव वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण

सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिकाले राष्ट्रिय परिचय पत्र वितरण कार्यलाई तीव्रता दिएको छ। गाउँपालिका क्षेत्रभित्रका विभिन्न वडा कार्यालयहरूमार्फत नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गर्न लागिएको हो। यस कार्यका लागि सम्बन्धित वडाहरूमा मिति र स्थान निर्धारण गरिएको छ। यस अनुसार, वडा नं. १ मा भदौ १५ गते भीरपेडीकोट, काँडाडाँडामा बिहान ७ बजे देखि वितरण सुरु हुनेछ। वडा नं. […]

वर्षाले सिन्धुपाल्चोकको लिपिङ बजारमा क्षति, लिपिङदेखि सिम्ले बस्ती सम्ममा सतर्कता अपनाउन अनुरोध

सिन्धुपाल्चोक। मंगलबार राति परेको वर्षाका कारण जिल्लाको भोटेकोशी गाउँपालिका–२ अन्तर्गत लिपिङ बजार क्षेत्रमा क्षति भएको छ । पहाडबाट खसेको ढुंगाले स्थानीय तीन घरमा क्षति पु¥याएको इलाका प्रहरी कोदारीले स्थनीय सरकारलाई जानकारी दिएको छ । प्रहरीका अनुसार स्थानीय सुनिता श्रेष्ठको एक तले जस्ताले बनेको घर पूर्ण रूपमा भत्किएको छ भने पदम श्रेष्ठ र फूलमाया तामाङको घरको […]

सिन्धुपाल्चोकमा वडा स्तरसम्म मनसुन पूर्वतयारी तीव्र

चौतारा । सिन्धुपाल्चोकमा आगामी मनसुनको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्तरदेखि वडा स्तरसम्म पूर्वतयारीका कार्य तीव्र पारिएका छन् । बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोपबाट बारम्बार थिचिँदै आएको यो जिल्ला हाल पुनः सङ्कटग्रस्त अवस्थाबाट सुरक्षित रहने प्रयासमा जुटेको छ । सरकारले सिन्धुपाल्चोकलाई अघिल्लो वर्ष औपचारिक रूपमा सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको भएपनि विपद् न्यूनीकरणका लागि स्थायी संरचना […]