सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिकाले राष्ट्रिय परिचय पत्र वितरण कार्यलाई तीव्रता दिएको छ। गाउँपालिका क्षेत्रभित्रका विभिन्न वडा कार्यालयहरूमार्फत नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गर्न लागिएको हो। यस कार्यका लागि सम्बन्धित वडाहरूमा मिति र स्थान निर्धारण गरिएको छ।

यस अनुसार, वडा नं. १ मा भदौ १५ गते भीरपेडीकोट, काँडाडाँडामा बिहान ७ बजे देखि वितरण सुरु हुनेछ। वडा नं. ११ मा सोही दिन अर्थात भदौ १५ गते अपरान्ह २ बजे देखि तथा भदौ १६ गते बिहान १० बजे सम्म वितरण हुनेछ। यस्तै, वडा नं. ८ मा भदौ १६ गते मालाटारमा बिहान १० बजे देखि वितरण गरिनेछ। वडा नं. ९ मा भदौ १६ गते बाङ्मा वितरण गरिने जनाइएको छ। त्यसैगरी, वडा नं. ७ मा भदौ १७ गते जोरपातीमा वितरण गरिनेछ।

सूचनामा उल्लेख भएअनुसार, बायोमेट्रिक प्रमाणीकरण गरिसकेका नागरिकहरूले मात्र राष्ट्रिय परिचय पत्र लिन सक्नेछन्। बायोमेट्रिक नगरेका नागरिकहरूले वडा कार्यालयमा सम्पर्क गर्न भनिएको छ।

गाउँपालिकाले नागरिकहरूलाई तोकिएको मितिमा तोकिएको स्थानमा उपस्थित भइ परिचय पत्र लिन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *