पोखरा विमानस्थल भ्रस्टाचार प्रकरणः अमेरिकी डलरमा पनि बिगो रकम (अभियोगको पूर्णपाठ)

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भ्रष्टाचार प्रकरणमा पाँचजना पूर्वमन्त्रीसहित ५५ जना जनाविरुद्ध आरोप पत्र दायर गरेको छ। आयोगले पाँचजना पूर्वमन्त्री,१० पूर्वसचिवसहित ५५ जनालाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा मुद्दा दायर भएको अख्तियार स्रोतले जनाएको छ। उनीहरूविरुद्ध जनही ८ अर्ब  ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ विगो माग […]

एक लाख घुससहित दुई कर्मचारी रङ्गेहात पक्राउ

काठमाडौँ : नापी कार्यालय वीरगञ्ज पर्सामा कार्यरत सर्भेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय एक लाख घुससहित पक्राउ परेका छन्। छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस मागिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले निजहरूलाई रङ्गे हात नियन्त्रणमा लिएको हो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार राउत र उपाध्यायले […]

गढवा गाउँपालिकाः राजस्व हिनामिना गरी करिब १६ लाख बराबरको भ्रष्टाचार

काठमाडौं, कात्तिक १७ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी र बज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक (एमडी) लक्ष्मणकुमार रानाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार यी दुवैजनामाथि गाउँपालिकाको राजस्व हिनामिना गरी करिब ९५ लाख ९८ हजार रुपियाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र […]

मालपोत कार्यालय काभ्रेका कर्मचारी घुससहित रंगेहात पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, काभ्रेका एक कर्मचारीलाई २ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ। घटनाबारे जानकारी दिँदै आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले मालपोत मुद्दा फाटका कर्मचारी ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिइएको जानकारी दिए। भण्डारीलाई बुधबार छापा मारेर पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा भण्डारीले सेवाग्राहीसँग गैरकानुनी रुपमा आर्थिक लाभ लिएको सूचना प्राप्त भएपछि […]

पर्यटन विभागका तत्कालीन निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका तत्कालीन निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगका अनुसार २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको अवधिमा यादवले विभिन्न शीर्षकबाट रू. २ करोड ६८ लाख १८ हजार ९०० […]

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर, चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाउने नाममा २४ लाख ५० हजार घुस मागेको आरोपमा […]

बागमतीका निलम्बित मेयर थापासहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर, एक वर्ष कैद र करोडौं जरिवाना

मलंगवा । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापासहित तीन जनालाई विशेष अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। अदालतले भ्रष्टाचार र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामा थापालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको हो। बुधबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले मेयर […]

भष्टाचार गरेको आरोपमा खरिदारसहित चारजनाविरुद्ध मुद्दा

काठमाडौँ । बीस हजार घुस लिई भष्टाचार गरेको आरोपमा खरिदारसहित चारजना विरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले २० हजार घुस लिई भष्टाचार गरेको आरोपमा खरिदारसहित चार जनाविरुद्ध विशेष अदालतमा काठमाडौँमा मुद्दा दायर गरिएको जानकारी दिनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता पौडेलले उहाँविरुद्ध भष्टाचार निवारण ऐन, २०५९ […]

मेलुङ गाउँपालिकाका अध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष  र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अध्यक्ष हिरा थोकर र प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीविरुद्ध आयोगमा उजुरी दर्ता भएको हो । गाउँपालिकाको भवन निर्माणमा ठेकेदारसँग मिलेर उनीहरूले भ्रष्टाचार गरेको उजुरकर्ताको आरोप छ । असार २६ मा दर्ता भएको उजुरीको दर्ता नम्बर सी–०८३०२९ […]

लेखा अधिकृतविरुद्ध ६ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ । गण्डकी प्रदेश अन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (आठौं तह) झलक शर्माविरुद्ध ६ करोड २६ लाख ९३ हजार १२९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पौडेल सो पदमा नियुक्त भएको मिति २०५४ माघ ८ गतेदेखि २०८० मंसिर १० […]