काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका तत्कालीन निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको अवधिमा यादवले विभिन्न शीर्षकबाट रू. २ करोड ६८ लाख १८ हजार ९०० रुपैयाँभन्दा बढी आय आर्जन गरेको देखिएको छ। यसमा पारिश्रमिक, भ्रमण भत्ता, जीवन बीमा, हिमाल आरोहण सम्पर्क अधिकृत भई पाएको रकम, परामर्श सेवा, घर बहाल, बैठक भत्ता, कर्मचारी सञ्चय कोष, बैंक कर्जा, कृषि आय, जग्गा बिक्री, बैंक ब्याज तथा शेयर बिक्रीबाट प्राप्त रकमसमेत समावेश छन्।

आयोगले यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम कैद सजाय र बिगो बराबर जरिवाना मागदाबी गरेको छ। साथै गैरकानूनी रुपमा आर्जन गरिएको सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको देखिएकाले उनीविरुद्ध पनि सम्पत्ति जफतको प्रयोजनार्थ आरोपपत्र दायर गरिएको पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *