काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, काभ्रेका एक कर्मचारीलाई २ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।

घटनाबारे जानकारी दिँदै आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले मालपोत मुद्दा फाटका कर्मचारी ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिइएको जानकारी दिए। भण्डारीलाई बुधबार छापा मारेर पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा भण्डारीले सेवाग्राहीसँग गैरकानुनी रुपमा आर्थिक लाभ लिएको सूचना प्राप्त भएपछि आयोगको टोलीले निगरानी गर्दै उनलाई रंगेहात समातेको हो।

भण्डारी पहिले भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको स्टोर शाखामा कार्यरत थिए। त्यहीँबाट सरुवा भएर उनी काभ्रे मालपोत कार्यालय पुगेका थिए।

आयोगले भण्डारीमाथि थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *