शिक्षा विधेयक- उपसमिति प्रतिवेदनका यी विषयमा महासंघका नेताको आपत्ति

काठमाडौं । शिक्षा विधेयकका सन्दर्भमा संसदीय उपसमितिले पेश गरेको प्रतिवेदन शिक्षक-कर्मचारीविरोधी भन्दै महासंघका नेताले आपत्ति जनाएका छन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले प्रतिवेदनमा यसअघिका सबै सहमति र हालैको आन्दोलनलाई बिर्सिएको टिप्पणी गरेका छन् । अब झन् दह्रो लडाइँ लड्नुको विकल्प नभएको उनको भनाइ छ । उपसमितिको प्रतिवेदन थुप्रै सवालमा अहिले दर्ता भएको विधेयकभन्दा अनुदार देखिएको […]

शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति

काठमाडौं ।नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाएको छ । परिषद्ले आज एक विज्ञप्ति जारी गर्दै शिक्षक महासंघले गरेको सम्झौतामा असहमति जनाएको हो । महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९ औँ दिनपछि हिजाे सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिपछि आन्दोलन फिर्ता लिने निर्णय गरेको थियो […]

सरकारसँग वार्ता गर्न सिंहदरबार पुगे शिक्षक नेता

काठमाडौं। सरकारसँग वार्ता गर्न शिक्षक नेताहरू सिंहदरबारमा पुगेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता हुनेछ । हिजो रातिको वार्ता सकारात्मक भएकाले आज सहमति हुने बताइएको छ । शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको महासंघका नेताहरूले बताएका छन् । शिक्षकको आन्दोलन २० चैतदेखि काठमाडौंमा जारी छ ।

सत्ता गठबन्धनको विश्वास: आज शिक्षकहरुसँग सहमति हुन्छ, भोलिदेखि विद्यालय फर्किनुहुन्छ

काठमाडौं । सत्ता गठबन्धनको बैठकले आन्दोलनरत शिक्षकहरुसँगको वार्ता सकारात्मक भइरहेको निष्कर्ष निकालेको छ।बालुवाटारमा बसेको गठबन्धनको बैठकले आजदिनभरीमा सरकार र शिक्षकहरुबीच सहमति हुने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए। उनले आज सहमति भएर भोलिदेखि सहज ढंगले पठपाठन हुने विश्वास व्यक्त गरे।उनले भने, ‘सरकारले उहाँहरुको मागलाई खेलाची गरेको छैन। उहाँलाई सुरुदेखि नै वार्तामा बोलाएको हो। विभिन्न कारणले आउन […]

शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता शुरु

काठमाडौं । नेपाल शिक्षक महासंघका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबिच वार्ता शुरु भएको छ । शिक्षा मन्त्रालयमा शुरु भएको वार्तामा शिक्षकहरुले उठान गरेका मागका विषयमा छलफल हुनेछ । हिजोको वार्तामा सकारात्मक रहेपनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन । मंगलबार महासंघको विस्तारित पदाधिकारी बैठक बसेको थियो । बैठक सकेपछि शिक्षामन्त्रीसँग वार्ताका लागि सिंहदरबार […]

सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता निन्दनीय मात्रै नभएर घृणित भयो : कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता सांसद डा. शेखर कोइरालाले सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता कांग्रेसले सहन नसक्ने अवस्थामा पुगेको बताएका छन्। वीपी कोईराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमबार काठमाडौँमा आयोजित ‘वीपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उनले सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता निन्दनीय मात्रै नभएर घृणित भएको टिप्पणी गरे। ‘शिक्षकहरूमाथि जुन बर्बरता हिजो सरकारले गर्‍यो, त्यो […]

घाइते ६२ शिक्षक-कर्मचारीमध्ये १२ जनाको अवस्था निकै चिन्ताजनक

काठमाडौं।नेपाल शिक्षक महासंघले आइतबार काठमाडौँको बानेश्वरमा प्रहरीसँग भएको झडपमा घाइते भएका ६२ शिक्षक-कर्मचारीमध्य झन्डै १२ जनाको अवस्था चिन्ताजनक रहेको बताएको छ। महासंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक-कर्मचारीमध्ये झन्डै १२ जनाको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गरेको हो। विज्ञप्तिमा भनिएको छ, ‘बानेश्वरमा भएको प्रहरी आक्रमणबाट ६२ जना शिक्षक-कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन्। तीमध्ये झण्डै १ […]

बानेश्वर-माइतीघर खाली गर्न यातायात महासंघको चारदिने अल्टिमेटम

काठमाडौं।नेपाल शिक्षक महासंघले गत चैत २० गतेयता माइतीघर–बबरमहल–नयाँ बानेश्वर क्षेत्रमा निरन्तर रूपमा गरिरहेको  आन्दोलनबाट उक्त क्षेत्र हुँदै ओहोरदोहोर गर्ने सवारीसाधन प्रभावित हुँदा यातायात व्यवसायी र यातायात मदजुरहरूको रोजीरोटी ठप्प भएको भन्दै चार दिन (आगामी बिहीबार) भित्र उक्त रुट खाली नभए आफूहरू पनि सशक्त आन्दोलनमा उत्रने चेतावनी यातायात व्यवासायीहरूले दिएका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका […]

शिक्षक ‘नधम्क्याउन’ स्थानीय तहहरूलाई महासंघको आग्रह

काठमाडौं।विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनरत शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई नेपाल शिक्षक महासंघले आग्रह गरेको छ। महासंघले विज्ञप्ति जारी गरी काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनमा सहभागी भएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेको दाबी गरेको हो। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाको संयुक्त […]

कालीगण्डकी गाउँपालिका: कि विद्यालयमा फर्क कि राजीनामा देउ!

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित नहुने शिक्षकलाई राजीनामा दिन आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले सूचना जारी गर्दै आइतबारदेखि विद्यालय समयमा उपस्थित भएर पठनपाठन गर्न निर्देशन दिंदै शिक्षकहरूलाई चेतावनी दिएका हुन् । शिक्षक महासंघको आह्वानमा भएको शिक्षक आन्दोलनले विद्यालयहरूमा पढाइ प्रभावित भएको बताउँदै उनले नपढाउने शिक्षकले कि राजीनामा दिनु पर्ने […]