दार्चुलामा गहुँ उत्पादनमा वृद्धि, एघार हजार ४१५ मेट्रिक टन गहुँ उत्पादन

दार्चुला। सुदूरपश्चिमको हिमाली जिल्ला दार्चुलामा गहुँको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र, दार्चुलाका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँको उत्पादनमा वृद्धि भएको हो । यस वर्ष पाँच हजार ९५५ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा एघार हजार ४१५ मेट्रिक टन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख सिद्धराज उपाध्यायले जानकारी दिए। […]
मौसम पूर्वानुमान: सोमबार यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ।यस वर्षको मनसुन मिति २०८२/०२/१५ गते बिहीबार रातीबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। […]
मेचीनगर नगरपालिकामा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि

झापा। मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ । मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार“लम्पी स्किन र स्वाइन फ्लूको […]
असिना पानीले सल्यानको सय रोपनीभन्दा बढी जमिनको मकै बालीमा क्षति

सल्यान । ४ दिनअघि आएको असिना पानीले सल्यानको गाउँपालिका–५ मा असिना पानीले मकै बालीमा क्षति पु¥याएको छ । पानीले सिमखोला, लयटा लगायतका गाउँका किसानहरूले सय रोपनीभन्दा बढी जमिनमा लगाएको मकै बालीमा क्षति पु¥याएको हो । गोडमेल गरेर हुर्कँदै गरेका मकै असिना पानीले कामै नलाग्ने गरी नष्ट गरेपछि किसानहरू चिन्तित बनेका छन् । मकै बालीमा क्षति […]
दोलखामा गाडी दुर्घटना हुँदा २ महिलाको मृत्यु, १ घाइते

दोलखा।दोलखामा बोलेरो गाडी दुर्घटना हुँदा दुईजना महिलाको मृत्यु भएको छ। दुर्घटनामा अन्य एकजना घाइते भएका प्रहरीले जनाएको छ। शुक्रबार राति गौरी शंकर गाउँपालिका–४ डेपुङमा बा १६ च ७६५१ बोलेरो गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा स्थानीय ३२ वर्षीया डोल्मा शेपा र सोही ठाउँकी ४५ वर्षीया फुलमाया शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम […]
स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

स्याङ्जा। गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजा अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जा देशभरी पहिलो भएको छ । चालु आर्थिक वर्ष २०८१-०८२ को तेस्रो त्रैमासिक अवधि (माघ–चैत्र) को सम्पादित कार्यहरुका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पहिलो स्थान प्राप्त गरेको हो । मन्त्रालयले प्रत्येक आवको त्रैमासिक कार्य मूल्याङ्कनका आधारमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । शान्ति सुरक्षा […]
शिक्षा विधेयक- उपसमिति प्रतिवेदनका यी विषयमा महासंघका नेताको आपत्ति

काठमाडौं । शिक्षा विधेयकका सन्दर्भमा संसदीय उपसमितिले पेश गरेको प्रतिवेदन शिक्षक-कर्मचारीविरोधी भन्दै महासंघका नेताले आपत्ति जनाएका छन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले प्रतिवेदनमा यसअघिका सबै सहमति र हालैको आन्दोलनलाई बिर्सिएको टिप्पणी गरेका छन् । अब झन् दह्रो लडाइँ लड्नुको विकल्प नभएको उनको भनाइ छ । उपसमितिको प्रतिवेदन थुप्रै सवालमा अहिले दर्ता भएको विधेयकभन्दा अनुदार देखिएको […]
प्रधानमन्त्री ओली लुम्बिनीमा

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी पुगेका छन्। पच्चीस सय ६९औँ बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन उनी यहाँ गएका हुन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन्। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ। लुम्बिनी विकास कोषले बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं […]
राष्ट्रपति पौडेलबाट बौद्धस्थित गुम्बामा पूजा, आराधना

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले २५६९औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको पूजा, आराधना गरेका छन् । उक्त अवसरमा राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै अमूल्य अस्तुधातु दर्शन गरेका थिए । बुद्धजयन्तीका अवसरमा पूजा आराधनासहित अस्तुधातु दर्शनका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित बौद्ध पुगेका थिए । बुद्धजयन्तीका अवसरमा आज बिहानैदेखि बौद्ध क्षेत्रमा […]
भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

भारत। पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा ‘एयर स्ट्राइक’पछि भारतीय सेनाका चारवटा फाइटर जेट खसेका छन् । पाकिस्तानी सेनाले भने पाँचवटा भारतीय सैन जेट (फाइटर जेट) खसालिएको दाबी गरेको छ । भारतीय सेनालाई उद्धृत गर्दै प्रकाशित समाचार अनुसार एउटा फाइटर जेट भारत अधिनस्थ कश्मीरको पुलवामास्थित पाम्पोरमा खसेको छ । दोस्रो फाइटर जेट कश्मीरकै अखनूर र तेस्रो रामबनमा […]