हाइवे अपडेट : अवरुद्ध बिपी राजमार्ग सुचारु

बनेपा । सोमबार रातिदेखि अवरुद्ध भएको बिपी राजमार्ग सुचारु भएको छ । वर्षासँगै आएको लेदोका कारण अवरुद्ध भएको बिपी राजमार्ग मङ्गलबार बिहान ८ः३५ बाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । सोमबार राति वर्षाका कारण बिपी राजमार्गअन्तर्गत रोसी गाउँपालिका–११ माम्ती, वडा नम्बर–९ पिन्थली र बिरुवाडाँडामा लेदो आई राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । […]

काठमाडौँसहित ४२ जिल्लामा बाढीको जोखिम

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (असार ३१, मंगलबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ। बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। जिल्लाका हिसाबले आज काठमाडौँसहित […]

काठमाडौँसहित ३७ जिल्लामा ‘एल्लो अलर्ट’

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (असार ३०, सोमबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ। बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तल छ। तर दिउँसो बाढी बढ्ने सम्भावना छ। जिल्लाका दृष्टिले आज ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, […]

अवरुद्ध बीपी राजमार्गमा बिहानबाट गाडी चल्न थाले

काभ्रे । बिपी राजमार्गमा पर्ने काभ्रेको माम्ती खोलामा खसेको पहिरो हटाएपछि आज बिहानबाट गाडी चल्न थालेका छन्। आइतबार राति साढे १० बजेतिर वर्षासँगै आएको भेलले सडक कटान गर्दा रोसी गाउँपालिका- ११ माम्तीमा रातभर सवारी साधन अवरुद्ध भएका थिए। बाढीले कटान गर्दा अवरुद्ध बनेको सडक २ वटा जेसीभीको सहायतामा मर्मत गरेपछि आज बिहान ६ बजेबाट गाडी चल्न […]

आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका […]

रसुवा बाढी अपडेट : ११ जनाको शव फेला, १७ अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला परेको छ । सरकारले आइतबारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो । आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले हालसम्म ११ जनाको शव फेला […]

कहाँ–कहाँ अवरूद्ध छन् सडक ?

काठमाडौँ । बाढी र पहिरोका कारण देशभरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । सडक विभागका अनुसार बिहीबार दिउँसोसम्म चीनसँगको नाका जोड्ने रसुवागढी सडकदेखि कर्णाली करिडोरसम्मका ६ वटा मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । त्यस्तै ७८ वटा सडकमा एकतर्फी मात्र सवारी सञ्चालनमा आउँदा सडक यातायात अस्तव्यस्त बनेको छ । मंगलबार बिहानै चीनतर्फबाट आएको बाढीले […]

स्थानीय पूर्वाधार विभागले तुइन विस्थापित गर्न दुई सय झोलुंगे पुल बनाउने

काठमाडौँ । सरकारले करिब दुई सय वटा झोलुंगे पुल बनाउने भएको छ। सहरी विकास मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विभाग (डोली) ले आगामी आर्थिक वर्ष २०८२/८३ मा थप दुई सय वटा झोलुंगे बनाउने कार्यक्रम सार्वजनिक गरेको छ। विशेष गरी पहाडी र हिमाली क्षेत्रमा झोलुंगे पुलको अत्यधिक माग हुने गरेको छ। पक्की पुल बनाउनेभन्दा झोलुंगे पुल बनाउन […]

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी र डुबानको जोखिममा

चितवन । चितवन जिल्लाका २५ हजार ७३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका सात पालिकामा रहेका एक लाख  २८ हजार ६६५ जनसङ्ख्या वर्षातका कारण प्रभावित बन्ने देखिएको छ। बाढीका कारण सबैभन्दा बढी राप्ती नगरपालिकामा १० हजार १०९ घरका ५० हजार ९५० जना प्रभावित बन्ने तथ्याङ्कले देखाएको छ। यस्तै, भरतपुर […]

हाइवे अपडेट: बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध

कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ। त्यो क्रम रोकिएको छैन। अवरुद्ध सडक खोल्न प्रहरी चौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको तर तत्काल पहिरो पन्छाउन असम्भव भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका […]