काभ्रे । बिपी राजमार्गमा पर्ने काभ्रेको माम्ती खोलामा खसेको पहिरो हटाएपछि आज बिहानबाट गाडी चल्न थालेका छन्।

आइतबार राति साढे १० बजेतिर वर्षासँगै आएको भेलले सडक कटान गर्दा रोसी गाउँपालिका- ११ माम्तीमा रातभर सवारी साधन अवरुद्ध भएका थिए।

बाढीले कटान गर्दा अवरुद्ध बनेको सडक २ वटा जेसीभीको सहायतामा मर्मत गरेपछि आज बिहान ६ बजेबाट गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

माम्तीमा अहिले दुईतर्फी नै गाडीहरू चलिरहेका छन्।

त्यसैगरि रोसी गाउँपालिका- ९ पिन्थली, रोसी ९ कै बिरुवाडाँडा र कालढुङगामा  पनि पहिरो खसेर अवरुद्ध भएको बीपी राजमार्गमा गाडीहरु चल्न थालेका प्रहरीले जनाएको छ।

जेसीभीको सहायतमा तीनै ठाउँको पहिरो हटाएपछि गाडी चल्न थालेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *