मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

  • प्रकाशित मिति : October 26, 2021
  • sthaniyasarkar.com

काठमाडौ : कास्की प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा दुई जना पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा–१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका १ कोल्बीका २६ वर्षीय ऋषि भट्ट रहेका छन।

तामाङ र भट्टलाइ पोखराको लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा महिलालाई काममा लगाइ दिन्छु भनि प्रलोभन तथा डरत्रास देखाइ यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।