प्रधानमन्त्री देउवाद्वारा विद्युत प्राधिकरणमा कुलमानको नियुक्ती

  • प्रकाशित मिति : August 4, 2021
  • sthaniyasarkar.com

तकालीन प्रधानमन्त्री शेरबहादुर देउवा ज्यू ले एक पछि अर्को जनमुखी निर्णय गरिरहेका छन् ।

नेपाललाई लोडसेडिङ मुक्त पारेर विद्युत प्राधिकरणलाई उदाहरणीय संस्थाका रुपमा स्थापित गरेका कुलमान घिसींग लाई दोस्रो पटक नियुक्ती गर्ने तयारी गरेका छन्।यसका लागि प्रधानमन्त्री देउवाले विभागीय उर्जा मन्त्री पम्फा भुसाललाई नियुक्तिको लागी अगी सार्न लगाएका हुन।

नियुक्तीको प्रक्रिया थाल्न निर्देशन दिएका देउवाले अहिलेका कार्यकारी निर्देशक हितमान शाक्यलाई हटाएर कुलमान घिसींग लाई नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएका हुन् ।

मंगलवारका दिन उर्जा मन्त्री भुसाललाई प्रधानमन्त्री देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको खबर रहेको छ।

सचिवालयको स्रोत अनुसार शाक्य अघि कुलमान नै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रहेका थिए र उहाले विद्युततीय संस्थालाई उचाहीमा लगेको जनाएका छन्।