रेड पाण्डाको छाला सहित एक युवक पक्राउ

  • प्रकाशित मिति : June 9, 2021
  • sthaniyasarkar.com

कैलाली : गोदावरी नगरपालिका-५ गेटा सामुदायिक बनबाट १ थान रेड पाण्डाको छाला सहित बझाङ बित्थड गाउँपालिका-५ देउलेख बस्ने २३ वर्षीय अमर धामीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त बनबाट रेड पाण्डाको छाला बोकी लगेको भन्ने सूचानाको आधारमा संघीय प्रहरी ईकाई कार्यालय धनगढीबाट खटिएको प्रहरीले धामीले बोकी राखेको अवस्थामा उक्त छाला सहित धामिलाई पक्राउ परेका छन। धामीलाई थप अनुसन्धानका लागिहिरासतमा  राखिएको प्रहरीले जनाएको छ।