हतियार सहित तिनजना पक्राउ

  • प्रकाशित मिति : May 23, 2021
  • sthaniyasarkar.com

काठमाडौ  : सिरहाको लहान नगरपालिकाबाट प्रहरीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका वडा नम्बर १ मटियर्वा बस्ने २५ बर्षीय करण पुर्वे, २२ बर्षीय सञ्जयकुमार महतो र २४ बर्षीय धर्मेन्द्र महतो छन् ।

उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली एक राउण्ड बरामद भएको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

गत वैशाख २८ गते लहान १ कृष्णटोल बस्ने ईन्द्रदेव ठाकुरको घरबाट नगद र सुन–चाँदीका गरगहना चोरी भएको घटनामा संलग्न भएको शंकामा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले पूर्वेको घर खानतलासी गर्दा हतियार बरामद भएको प्रहरीले जनाएको छ ।