काठमाडौ : बाँकेका विभिन्न अस्पतालमा भर्ना भएका थप ११ संक्रमितको गए राति मृत्यु भएको छ। भेरी अस्पताल नेपालगञ्जमा ६ र शिक्षण अस्पताल कोहलपुरमा पाँच गरी ११ जनाको उपचारका क्रममा मृत्यु भएको छ।
भेरी अस्पताल नेपालगञ्जमा उपचाररत गुलरिया नगरपालिका–९ बर्दियाकी ४७ वर्षीया महिला, बनगाडकुपिण्डे नगरपालिका सल्यानका ५० वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका–५ का ४४ वर्षीय पुरुष, नेपालगञ्ज–१६ की ४९ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका–६ का ५५ वर्षीय पुरुष र बढैयाताल गाउँपालिका बर्दियाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कैलाली घोडाघोडी नगरपालिका–१ का ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका–२ की ३० वर्षीया महिला, कोहलपुर–१० की ४५ वर्षीया महिला, कोहलपुर–११ का ४१ वर्षीय पुरुष र कोहलपुर–१४ की ६४ वर्षीया महिलाको पनि गए राति मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जानकारी दिएको छ ।