काँग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकको जिम्मेवारी यादवलाई दिने

  • प्रकाशित मिति : April 21, 2021
  • sthaniyasarkar.com

काठमाडौंः नेपाली काँग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेवप्रसाद यादवलाई दिने भएको छ । बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले कानुन व्यवसायी यादवलाई समिति संयोजक तोक्ने निर्णय गरेको हो ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले समिति  संयोजक नियुक्ति गर्ने निर्णय गरेको छ। यसअघि केन्द्र निर्वाचन समिति संयोजक राधेश्याम अधिकारी थिए । गत चैत २० गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा अधिकारीले राजीनामा बुझाएका थिए । सोही बैठकले अधिकारीको राजीनामा स्वीकृत गरेको थियो। उनी राष्ट्रियसभाका पूर्व सदस्य तथा पूर्व महान्याधिवक्ता समेत हुन् ।