नेपालगञ्जमा आज राती १२ बजेदेखि लकडाउन हुने

  • प्रकाशित मिति : April 21, 2021
  • sthaniyasarkar.com

काठमाडौँःविश्वभर काेराेनाकाे महामारी फैलिदै गर्ंदा नेपालकाे पनि कुनै क्षेत्रमा बढदै गरेकाे हुनाले बाँकेकोभएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थान केन्द्रको बैठकले बुधबार राती १२ बजेदेखि बैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

यसबीचमा दैनिक उपभोग्य वस्तु लगायतका पसल मात्रै खोल्न पाइनेछ । जिल्लामा संक्रमण बढ्नुको साथै कोभिड १९ का बिरामीले अस्पतालका बिरामी कक्ष समेत भरिएपछि बाध्य भएर लकडाउन अर्थात निषेधाज्ञा गर्नुपरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

‘अहिलेसम्म परीक्षणको अवस्था र बिरामीको संख्या हेर्दा लकडाउनको विकल्प देखिएन’ उनले भने, ‘कोभिड संक्रमणको चेनलाई ब्रेक गर्न लकडाउन गरेका हौँ ।’