नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले सम्पूर्ण देशबासीका नाममा सम्बोधन गर्ने

  • प्रकाशित मिति : April 13, 2021
  • sthaniyasarkar.com
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले भोलि देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।

वैशाख बिहान ८ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नयाँ वर्षको शुभकामना तथा कोरोना रोकथाममा सरकारको तयारीका बिषयमा बोल्न
बताइएको छ।