उदयपुरकाे कटारीमा करेन्ट लागेर एक महिलाकाे मृत्यु

  • प्रकाशित मिति : April 13, 2021
  • sthaniyasarkar.com

काठमाडौं : उदयपुर कटारी नगरपालिका-४ सिम्ले बस्ने ३९ वर्षीया मन कुमारी मगर दनुवारको करेन्ट लागेर मृत्यु भएको छ।

सोमबार बेलुका साढे ५ बजे घरमा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागि घाइते भएकी उनको उपचारको लागि शान्ति हेल्थकेयर मिर्चैया सिरहा पुर्याउन साथै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

उक्त  घटनाकाे सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ।