कीर्तिपुर नगरपालिकाका वडाध्यक्ष राजकुमार मालीको निधन

  • प्रकाशित मिति : April 12, 2021
  • sthaniyasarkar.com

काठमाडौंः काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राजकुमार मालीको निधन भएको छ । वडाध्यक्ष  मालीको मस्तिष्कघात भएपछि बयोधा अस्पतालमा उपचाररत उनको आइतबार साँझ निधन भएको नगरपालिका प्रमुख रमेश महर्जनले बताए ।

वडाध्यक्ष मालीलाई सोमबार श्रद्धाञ्जली दिएर नगर परिक्रमासहित अन्तिम संस्कार गरिने महर्जनले जानकारी दिए । माली एमाले काठमाडौं जिल्ला कमिटी सदस्यसमेत हुन् ।