काठमाडाैँ : ईलाका प्रहरी कार्यालय सुनसरी , सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादव रु. ४०,०००।– (चालीस हजार रुपैयाँ) घुससहित पक्राउ परेका छन ।
इलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले प्रहरी जवान कासिन्दर यादवलाई रङ्गे हात समातेकाे हाे ।
प्रहरी जवान कासिन्दर यादवलाई विराटनगर महानगरपालिका वडा नं. ४ स्थित नोबेल मेडिकल कलेजको गेट नजिकबाट उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अखतियार दुरूपयाेग अनुसन्धान अायाेगले जनाएकाे छ ।