काठमाडौं -नेपाली काँग्रेसले तत्काल संसद बैठक बोलाउन माग गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताका साथै संसदीय फाटका नेताहरु सम्मिलित बैठकले तत्काल संसद बैठक बोलाउन माग गरेको छ ।
बैठकमा मंसिर २९ गते देशभर भएको सरकारविरुद्धको प्रदर्शनको समीक्षा भएको छ भने सो प्रदर्शनमा सरकारको अधिनायकवादी, सर्वसत्तावादी र दमनकारी रवैयाविरुद्ध जनमत प्रकट भएको पनि बैठकले ठहर गरेको छ ।