च्यास्मिटार पिपचाईमा खानेपानी आयोजना सम्पन्न, ३३ घरधुरीमा धारा जडान

हलेसी तुवाचुङ नगरपालिका। नगरपालिकाको सहयोगमा च्यास्मिटार पिपचाई क्षेत्रमा सञ्चालन गरिएको “पिपचाई खानेपानी तथा साना सिँचाइ कृषि प्रवर्द्धन कार्यक्रम” अन्तर्गत खानेपानी आयोजना सम्पन्न भएको छ। नगरपालिकाको रु. ११ लाख ४२ हजार लागतमा निर्माण गरिएको उक्त आयोजनाअन्तर्गत ५० एमएम पाइप लाइन, फुल पानी प्रणाली र रिजर्भ ट्याङ्की निर्माण गरिएको छ। आयोजना सम्पन्न भएपछि करिब ३३ घरधुरीका परिवारले आफ्नै […]

किराँत सभ्यताको गौरव बोकेको तुवाचुङ–जायाजुम

हलेसी तुवाचुङ नगरपालिका भित्र पर्ने तुवाचुङ–जायाजुम क्षेत्र ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। विशेषगरी किराँत समुदायको इतिहास र पहिचानसँग जोडिएको यो क्षेत्र पूर्वी नेपालको महत्वपूर्ण सांस्कृतिक स्थलका रूपमा चिनिन्छ। हरियाली डाँडाकाँडा, शान्त वातावरण र ऐतिहासिक महत्वका कारण तुवाचुङ–जायाजुम क्षेत्र स्थानीय बासिन्दाका लागि गौरवको विषय बनेको छ भने बाहिरबाट आउने आगन्तुकहरूका लागि पनि आकर्षणको […]

कार्यसम्पादन मूल्याङ्कनमा हलेसी तुवाचुङ नगरपालिका जिल्लाकै पहिलो

खोटाङ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका लगातार दोस्रो वर्ष पनि जिल्लामै प्रथम भएको छ। आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को अन्तिम नतिजा अनुसार हलेसी तुवाचुङले ७२.५५ अङ्क प्राप्त गर्दै जिल्लाका १० स्थानीय तहमध्ये शीर्ष स्थान ओगटेको हो। यस्तै, ७१.९४ अङ्कका साथ दिक्तेल रुपाकोट […]

शिक्षामा हलेसी तुवाचुङ नगरपालिका : उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)सहित विभिन्न कक्षाको परीक्षमा उत्तीर्ण हुँदै नगर हुने प्रथम विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियानमा जुटेको नगरपालिकाले शैक्षिक सत्र २०८१ को एसइई तथा कक्षा ४ देखि ९ सम्म सञ्चालन गरिएको नगरपालिकास्तरीय वार्षिक परीक्षामा उत्कृष्ट जिपिए ल्याएर नगर प्रथम […]