हलेसी तुवाचुङ नगरपालिका। नगरपालिकाको सहयोगमा च्यास्मिटार पिपचाई क्षेत्रमा सञ्चालन गरिएको “पिपचाई खानेपानी तथा साना सिँचाइ कृषि प्रवर्द्धन कार्यक्रम” अन्तर्गत खानेपानी आयोजना सम्पन्न भएको छ।

नगरपालिकाको रु. ११ लाख ४२ हजार लागतमा निर्माण गरिएको उक्त आयोजनाअन्तर्गत ५० एमएम पाइप लाइन, फुल पानी प्रणाली र रिजर्भ ट्याङ्की निर्माण गरिएको छ। आयोजना सम्पन्न भएपछि करिब ३३ घरधुरीका परिवारले आफ्नै घरमा धारा मार्फत पानी पाउने व्यवस्था भएको छ।

उपभोक्ता समितिमार्फत निर्माण कार्य सम्पन्न भएपछि नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष तथा स्थानीय बासिन्दाको उपस्थितिमा आयोजना भव्य रूपमा उद्घाटन गरिएको थियो।

स्थानीय बासिन्दाले यस आयोजनाले खानेपानीको समस्या समाधान हुनुका साथै कृषि उत्पादनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *