खोटाङ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका लगातार दोस्रो वर्ष पनि जिल्लामै प्रथम भएको छ।
आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को अन्तिम नतिजा अनुसार हलेसी तुवाचुङले ७२.५५ अङ्क प्राप्त गर्दै जिल्लाका १० स्थानीय तहमध्ये शीर्ष स्थान ओगटेको हो। यस्तै, ७१.९४ अङ्कका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोस्रो र ६६.४१ अङ्क ल्याएर खोटेहाङ गाउँपालिका तेस्रो भएका छन्।
अन्य पालिकाको अवस्था:
-
बराहपोखरी गाउँपालिका: ६५.८४
-
जन्तेढुंगा गाउँपालिका: ६४.८४
-
दिप्रुङ चुइचुम्मा गाउँपालिका: ६३.१४
-
केपिलासगढी गाउँपालिका: ५८.७७
-
ऐसेलुखर्क गाउँपालिका: ५४.४०
-
रावा बेसी गाउँपालिका: ५३.१७
-
साकेला गाउँपालिका: ४८.९४ (जिल्लाकै अन्तिम)
आयोगले बजेट समयमै सार्वजनिक गरे/नगरेको, राजस्व परिचालन, बेरुजुको अवस्था, विद्यार्थी टिकाउ दर र स्वास्थ्य सूचक जस्ता १७ वटा मापदण्डका आधारमा यो मूल्याङ्कन गरेको हो। यसै मूल्याङ्कनका आधारमा स्थानीय तहले सङ्घीय सरकारबाट पाउने वित्तीय समानीकरण अनुदानको परिमाण तय हुनेछ।