सुनकोशी गाउँपालिकालाई स्वास्थ्य मूल्याङ्कनमा दोस्रो स्थान

सिन्धुपाल्चोक । जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा सुनकोशी गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै ७९.४ अंक प्राप्त गरी जिल्लामा दोस्रो स्थान हासिल गरेको छ। स्वास्थ्य सेवा मूल्याङ्कनका आधारमा गरिएको यो परिणामले गाउँपालिकाको सेवा प्रवाह प्रणाली, प्रभावकारी कार्यान्वयन र जनस्वास्थ्यप्रतिको प्रतिबद्धतालाई उजागर गरेको जनाइएको छ। सुनकोशी गाउँपालिकाको यो उपलब्धिलाई उल्लेखनीय सफलता मानिएको छ। गाउँपालिकाका अध्यक्ष टेपेन्द्र तिमल्सिना, […]
सुनकोशी गाउँपालिकाको आ.व. २०८१/८२ वार्षिक प्रगति समिक्षा सम्पन्न, “योजना कार्यान्वयनमा सशक्तता, बजेट सदुपयोगमा सुधार”

सुनकोशी । सुनकोशी गाउँपालिका, आ.व. २०८१/८२ को वार्षिक प्रगति समिक्षा कार्यक्रम गाउँपालिका अध्यक्ष श्री टपिन्द्र प्रसाद तिमल्सिना ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा वडा अध्यक्षज्यूहरू, वडा सदस्यज्यूहरू, विभिन्न शाखाका प्रमुख तथा वडा सचिवहरूको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रममा शाखा प्रमुख तथा वडा सचिवज्यूहरूले आ.व. २०८१/८२ मा सञ्चालन भएका सम्पूर्ण कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको […]