सुनकोशी  सुनकोशी गाउँपालिका, आ.व. २०८१/८२ को वार्षिक प्रगति समिक्षा कार्यक्रम गाउँपालिका अध्यक्ष श्री टपिन्द्र प्रसाद तिमल्सिना ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा वडा अध्यक्षज्यूहरू, वडा सदस्यज्यूहरू, विभिन्न शाखाका प्रमुख तथा वडा सचिवहरूको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रममा शाखा प्रमुख तथा वडा सचिवज्यूहरूले आ.व. २०८१/८२ मा सञ्चालन भएका सम्पूर्ण कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

योजना संख्या र बजेट

गाउँपालिकामा उक्त वर्षमा कुल २५ वटा योजना सञ्चालनमा रहेका थिए, जसका लागि कुल १० करोड ५७ लाख २५ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो। योजनाहरू विभिन्न योजनहरु संधीय सम्पुरकबाट १ योजना रु. २ करोड ७० लाखको थियो भने प्रदेश सम्पुरकमार्खफत  चार करोडको २ वटा योजना रह्को थियो भने त्यस्तै प्रदेश सशर्त: २ योजना – रु. १६ साख पॅचास हजार, गाउँपालिका स्तरीय १२ योजना  अन्तर्गत  ३ करोड ४ लाख ७५ हजार, वडा पालिका स्तरीय ४ वटा योजना मार्फत रु. ६० लाख थियो भने विपद् व्यवस्थापन शाखाबाट ३ योजना – रु. २० लाख रुपैयॅाको कार्यसम्पादन भएको छ।

सामग्री खरिदको पक्षमा, राष्ट्रियस्तरको बोलपत्र (E-bidding) बाट १० वटा, सिलबन्दी दरभाउपत्रबाट ३ वटा र सोझै खरिदबाट १२ वटा योजनाहरू खरिद प्रक्रिया पूरा गरिएको थियो।

स्वास्थ्य क्षेत्रमा बजेट व्यवस्थापन

स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूका लागि कुल ५ करोड ८६ लाख ५३ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो, जसको ९५% अर्थात् ५ करोड ५९ लाख ३९ हजार रुपैयाँ खर्च गरिएको प्रतिवेदन प्रस्तुत गरिएको छ।

स्वास्थ्य बजेट व्यवस्थापन यसप्रकार छ:

साथै, स्वास्थ्य सेवाको भौतिक प्रगति शतप्रतिशत रहेको जनाइएको छ।

कार्यक्रममा सम्बन्धित शाखा प्रमुखहरूले प्रगतिको समीक्षा गर्दै आगामी वर्षको योजना सुधार र प्रभावकारी कार्यान्वयनका लागि महत्वपूर्ण सुझावहरू पनि प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *