सर्वोच्चको आदेश– आन्दोलनरत शिक्षकहरू ३ दिनभित्र विद्यालय फर्की पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू*

काठमाडौं।सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालयमा फर्किने वातावरण मिलाउन आदेश दिएको छ। बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै यस्तो आदेश दिएको हो। ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित […]
संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । संवैधानिक निकायमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा गएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीश सपना मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दाहेर्दैमा गएको हो । यसअघि बुधबार पनि बहस भएकोमा नसकिएपछि हेर्दाहेर्दैमा आजलाई सारिएको […]
संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको रिटमा सुनुवाइ आज पनि

काठमाडौं। सर्वोच्च अदालतले संवैधानिक निकायमा छलकपटपूर्ण नियुक्त ५२ जना पदाधिकारी विरुद्धको रिटमा आज आइतबार पनि सुनुवाइ गर्दैछ। यसअघि वैशाख ३ गते बुधबार सुनुवाइ भएको थियो। आज पनि निरन्तरता पाउने भएको हो। २०७७ मंसिर र २०७८ जेठमा दुईपटक संवैधानिक परिषद सम्बन्धि ऐनलाई अध्यादेशमार्फत संशोधन गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसदीय सुनुवाइ विनै नियुक्त पदाधिकारी नियुक्त गरेका […]
सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रेपलाञ्चोक । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो । स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वोच्चमा रिट दायर गरेका […]