संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिको मुद्दा आज पनि हेर्दाहेर्दैमा

  • प्रकाशित मिति : April 20, 2025
  • sthaniyasarkar.com

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीश सपना मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दाहेर्दैमा गएको हो । यसअघि बुधबार पनि बहस भएकोमा नसकिएपछि हेर्दाहेर्दैमा आजलाई सारिएको थियो ।

बहस नसकिएपछि सोमबारका लागि पेशी तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता समेत रहेका उप-रजिष्ट्रार निराजन पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार गत बुधबार र आइतबार सरकारको तर्फबाट महान्याधिवक्ताको कार्यालयको तर्फबाट बहस भएको हो ।

२०७७ मंसिर ३० र त्यसपछि गरेर तत्कालीन प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारी सिफारिस गरेका थिए । उक्त मुद्दा विचाराधीन छ ।