सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

  • प्रकाशित मिति : April 16, 2025
  • sthaniyasarkar.com

काभ्रेपलाञ्चोक । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ ।
अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो ।
स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
हाल पाँचखालमा आठवटा इँटाभट्टा सञ्चालनमा छन् ।
#पाँचखाल नगरपालिका