पाकिस्तानको संसद्‌मा भारतविरुद्वको प्रस्ताव पारित

पाकिस्तान। पाकिस्तानको संसद् (राष्ट्रिय सभा) ले सोमबार सर्वसम्मतिले पहलगाम आतंकवादी हमलापछि भारत सरकारको ‘दुर्भावनापूर्ण अभियान’को निन्दा गर्दै प्रस्ताव पारित गरेको छ। यो प्रस्ताव सत्तारुढ पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) का सांसद तारिक फजल चौधरीले प्रस्तुत गरेका थिए। यसले अप्रिल २२ मा पहलगाममा भएको आक्रमणमा पाकिस्तानलाई जोड्ने सबै ‘प्रयासहरू’लाई अस्वीकार गरेको छ। यस आतंकवादी आक्रमणमा २६ जना मारिएका थिए। पाकिस्तानी संसदमा […]

पहलगाम आक्रमणको अनुसन्धानमा चीन र रुसलाई पनि सहभागी गराउन खोज्दै पाकिस्तान

पाकिस्तान।पाकिस्तानले पहलगाम आक्रमणको अनुसन्धानमा चीन र रुसलाई पनि समावेश गर्नुपर्ने माग गरेको छ। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले रुसी मिडिया रिया नोवोस्तीलाई दिएको अन्तर्वार्तामा भनेका छन्- एक अन्तर्राष्ट्रिय टोलीले भारतका प्रधानमन्त्री मोदी सत्य बोलिरहेका छन् कि झुट भन्ने कुराको अनुसन्धान गर्नुपर्छ। भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले आइतबार पहलगाम आतंकवादी हमलाविरुद्ध जम्मुमा मुद्दा दर्ता गरेको छ। […]

पाकिस्तानी हिन्दुहरूको भिसामा भारतको फरक नीति, भिसा मान्य हुने

भारत।पहलगाम आक्रमणपछि सबै पाकिस्तानी नागरिकको भिसा रद्द गरेको भारतले पाकिस्तानी हिन्दुहरूको दीर्घकालीन भिसा (एलटीभी) सम्बन्धी स्पष्टीकरण जारी गरेको छ। भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, ‘रद्द गरिएको भनिएका भिसा पाकिस्तानका हिन्दु नागरिकलाई पहिले नै दिइएको एलटीभीमा लागु हुँदैन। यी भिसा अझै पनि मान्य छन्।’ यसअघि विदेश सचिव विक्रम मिश्रीले बुधबार अब पाकिस्तानी नागरिकहरूले सार्क भिसा छुट योजना (एसभीईएस) अन्तर्गत […]