पाकिस्तानी हिन्दुहरूको भिसामा भारतको फरक नीति, भिसा मान्य हुने

  • प्रकाशित मिति : April 25, 2025
  • sthaniyasarkar.com

भारत।पहलगाम आक्रमणपछि सबै पाकिस्तानी नागरिकको भिसा रद्द गरेको भारतले पाकिस्तानी हिन्दुहरूको दीर्घकालीन भिसा (एलटीभी) सम्बन्धी स्पष्टीकरण जारी गरेको छ।

भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, ‘रद्द गरिएको भनिएका भिसा पाकिस्तानका हिन्दु नागरिकलाई पहिले नै दिइएको एलटीभीमा लागु हुँदैन। यी भिसा अझै पनि मान्य छन्।’

यसअघि विदेश सचिव विक्रम मिश्रीले बुधबार अब पाकिस्तानी नागरिकहरूले सार्क भिसा छुट योजना (एसभीईएस) अन्तर्गत जारी गरिएको भिसाका आधारमा भारत यात्रा गर्न नपाउने बताएका थिए।

उनले भनेका थिए, ‘एसभीईएसअन्तर्गत पाकिस्तानी नागरिकहरूलाई पहिले जारी गरिएको भिसा रद्द मानिनेछ। एसभीईएसअन्तर्गत भारतमा रहेका सबै पाकिस्तानी नागरिकले ४८ घण्टाभित्र भारत छाड्नुपर्नेछ।’

मंगलबार (अप्रिल २२) जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु र धेरै घाइते भएपछि भारतले यो कदम चालेको हो।