गण्डकीमा आठ सय जनामा डेङ्गु सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा गत पुसयता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय २०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, […]
पूर्व मन्त्री जुग्जालीले गण्डकीमा रोष्ट्रममै च्याते बजेट पुस्तिका

काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सांसद रेशम बहादुर जुग्जालीले प्रदेशसभाको रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन् ।भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका क्रममा उनले सोमबार बजेट पुस्तिका च्यातेका हुन् । पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका जुग्जालीले बजेट पूर्वाग्राही भएको भन्दै पुस्तिका च्यातेका हुन् । अहिलेको बजेटबाट सबैभन्दा बढी देवीदेवता […]
जनयुद्ध पीडितले पाउने कर छुट कटौतीमा माओवादीको विरोध, गण्डकी प्रदेश सभा स्थगित

पोखरा। गण्डकी प्रदेश सरकारले जनयुद्धका सहिद र बेपत्ता परिवारका सदस्यले घरजग्गा कारोबारमा पाउँदै आएको पूर्ण कर छुट कटौतीको प्रस्ताव गरेपछि माओवादीले विरोध जनाएको छ ।आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि संसदमा पेश गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमा जनयुद्ध शब्द नै लेखिएको छैन । त्यसैको विरोधमा माओवादीले शुक्रबारको […]
बेनी नगरपालिकामा एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाईंदै

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ। जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा विसं १९२५ मा निर्माण भएको नहर पक्की बनाउन योजना सञ्चालन गरेको हो। साबिक रत्नेचौर गाविसको यो सिँचाइ आयोजनाको नाम ‘पच्चिस साले सिँचाइ योजना’ राखिएको छ। उपभोक्ता समितिका सचिव नरबहादुर थापाले कच्ची नहरमा […]
प्रदेशको कुल बजेट दुई खर्ब ८७ अर्ब, बागमतीको ६७ अर्ब

काठमाडौँ । प्रतिपक्षीको विरोध र आन्तरिक किचलोबिच प्रदेश सरकारहरूले आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ को आय तथा राजस्वको अनुमान अर्थात् बजेट सार्वजनिक गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रत्येक वर्ष असारको १ गतेभित्र प्रदेश सरकारले बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुसार प्रदेश सरकारहरूले आआफ्नो प्रदेश सभामा नयाँ बजेट प्रस्तुत गरेका हुन् । प्रतिपक्षीको विरोधका […]
सुन्दरबजार नगरपालिकाले सञ्चालन गरेको मलामीसहितको शववाहन सेवा बन्यो प्रभावकारी

लमजुङ । स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तर्गत सुन्दरबजार नगरपालिकाले सञ्चालन गरेको मलामीसहितको शववाहन सेवा अहिले प्रभावकारी बनेको छ।पालिकाले विसं २०७९ साउन १ गतेदेखि कार्यविधि बनाएर सुरु गरेको यस अभियान अन्तर्गत हालसम्म १३५ जनाले सुविधा लिइसकेका छन्। नगरभित्र कसैको मृत्यु भएपश्चात सम्बन्धित वडा अध्यक्षमार्फत नगरपालिकामा खबर गरिएपछी मलामीसहितको शववाहन उक्त घरमा पु¥याउने कार्यविधि रहेको छ। संस्कार […]
‘एक घर एक धारा’ अन्तर्गत एक सय ४० वटा घरमा खानेपानी धारा निर्माण सम्पन्न

गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिका – ५ माछीखोला आसपासका एक सय ४० वटा घरमा एक घर एक धारा खानेपानी निर्माण सम्पन्न भएको छ। कुनै बेला खानेपानीका लागि एक घण्टा टाढा जानुपर्ने बाध्यता अन्त्य गर्दै करिब २० वर्षपछि घर घरमा खाने पानी धारा पुगेपछि स्थानीय खुशी भएका छन् । माछाखोला र आसपासका एक सय ४० वटा […]
१३ औँ राष्ट्रपतिकपको उपाधि गल्याङ नगरपालिकालाई, चापाकोट नगरपालिका दोस्रो

स्याङ्जा। १३ औँ राष्ट्रपतिकप खेलकुद प्रतियोगिताको उपाधि गल्याङ नगरपालिकाले जितेको छ । गल्याङले १६ स्वर्ण, छ रजत र सात कास्य पदक ल्याउँदै पहिलो भएको हो । यस्तै १२ स्वर्ण, १८ रजत र ११ कास्य पदक हात पार्दै चापाकोट नगरपालिका दोस्रो भएको हो । यस्तै तृतीय पुतलीबजारले ११ स्वर्ण, १४ रजत र तीन कास्य पदक हात […]
गण्डकी प्रदेशमा बजेटको तयारी

गण्डकी । गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माणका लागि तयारी थालेको छ । बजेट तर्जुमा र समन्वयका विषयमा स्थानीय तहहरुसँग पूर्वतयारी छलफल भइरहेको मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्यालले जानकारी दिए । नवलपुर र तनहुँमा बजेट पूर्वतयारी छलफल भइसकेको उनको भनाइ छ । ‘निजी क्षेत्रका उद्योगी, […]