आठराई त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्षमाथि अज्ञात समूहको आक्रमण

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष टेकिन्द्र सेन्दाङमाथि शनिबार बेलुकी अज्ञात समूहले आक्रमण गरेको छ। एमालेका जिल्ला नेतासमेत रहेका सेन्दाङ पार्टीको जिल्ला कमिटी बैठक सकेर घर फर्किँदै गर्दा तोक्मेडाँडामा ५ देखि ७ जनाको समूहले आक्रमण गरेको एमाले ताप्लेजुङले जनाएको छ। आक्रमणबाट गम्भीर घाइते भएका सेन्दाङलाई प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बीएन्डसी अस्पताल भर्ना गरिएको […]
आठराई त्रिवेणीले सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने भएको छ । गाउँपालिकाले पालिका भित्रका २९ परिवारलाई जग्गा उपलब्ध गराउने भएको हो । गाउँपालिकाको २१औं गाउँ सभामार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि जग्गा उपलब्ध गराउन बजेट विनियोजन गरिएको छ । पालिकाले सोमबार बजेट प्रस्तुत गर्नुहुँदै सुकुम्वासीका लागि ४० लाख रुपियाँ बजेट विनियोजन […]
ताप्लेजुङका तीन स्थानीय तहले बजेट सार्वजनिक गर्दै, बाँकी स्थानीय तहले भाेली गर्ने

ताप्लेजुङ । ताप्लेजुङका तीन स्थानीय तहले आज सोमबार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने भएका छन् । मैवाखोला गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मेरिङ्देन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्ने भएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा […]