ताप्लेजुङ ।  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष टेकिन्द्र सेन्दाङमाथि शनिबार बेलुकी अज्ञात समूहले आक्रमण गरेको छ।

एमालेका जिल्ला नेतासमेत रहेका सेन्दाङ पार्टीको जिल्ला कमिटी बैठक सकेर घर फर्किँदै गर्दा तोक्मेडाँडामा ५ देखि ७ जनाको समूहले आक्रमण गरेको एमाले ताप्लेजुङले जनाएको छ।

आक्रमणबाट गम्भीर घाइते भएका सेन्दाङलाई प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बीएन्डसी अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी वेदप्रसाद गौतमका अनुसार उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ।

प्रहरीले आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *