ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने भएको छ । गाउँपालिकाले पालिका भित्रका २९ परिवारलाई जग्गा उपलब्ध गराउने भएको हो ।
गाउँपालिकाको २१औं गाउँ सभामार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि जग्गा उपलब्ध गराउन बजेट विनियोजन गरिएको छ । पालिकाले सोमबार बजेट प्रस्तुत गर्नुहुँदै सुकुम्वासीका लागि ४० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
त्यस्तै पालिकाले कृषिलाई विशेष प्राथमिकतामा राखेको छ । अध्यक्षसँग किसान कार्यक्रमका लागि ४० लाख बजेट ल्याएको छ । यो वर्ष पालिकाले १० हजार कफीको बिरुवा रोप्ने लक्ष्य रहेको छ।  सोही कार्यक्रम मार्फत कफीलाई ब्रान्डिङ गरिने गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले बताए ।
आर्थिक वर्ष २०८२–८३ का लागि कृषिका लागि करिब एक करोड बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *