काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज काठमाडौंमा भेला गरेका छन्।
कोइरालाले बागमती प्रदेशस्तरीय छलफल आयोजना गरेका हुन्।
छलफल बालुवाटारस्थित ओपेरा होटलमा आज भएको हो।
कार्यक्रममा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेस पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्यहरू, जिल्ला सभापति र पूर्व सभापति, सांसद र पूर्वसांसद, बागमती प्रदेशका सांसद, कांग्रेस बागमती प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू सहभागी थिए।
देश र पार्टीको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै रणनीति तयार गर्ने उद्देश्यले सुझाव लिन छलफल आयोजना गरिएको कोइरालाको सचिवालयको भनाइ छ।
छलफलमा सहभागीहरूले पन्ध्रौं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अध्यावधिक गर्न नहुने अडान राखेका छन्।
अहिले आएर सदस्यता अध्यावधिक व्यवहारिक नभएको उनीहरूको भनाइ थियो।
विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको पनि उनीहरूले बताएका थिए। पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी पनि सभापतिकै रहेको उनीहरूको भनाइ थियो।
छलफलमा पूर्वमहामन्त्री शशांक कोइराला, नेता बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दीपक गिरी, संजय गौतम, शिव हुमागाईं, राजिव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, गोविन्दराज पोख्रेल, किरण यादव, गणेश लामा सहभागी थिए।
संघीय सांसदहरू चन्द्रमोहन यादव, उर्मिला थपलिया र गीता देवकोटा, कांग्रेस बागमती प्रदेश समिति महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डंगोल, सदस्यहरू उपेन्द्र लम्साल, शान्ता क्षेत्री, होम चौलागाईं, नानु दाहाल, सुनिता काफ्ले, अस्मिन सिटौला, धादिङ सभापति रामनाथ अधिकारी, नुवाकोट सभापति रमेश महत, चितवन सभापति राजेश्वर खनाल, मकवानपुर उपसभापति धर्म लामिछाने, सिन्धुली सचिव ईश्वर बस्नेत, काठमाडौं महानगर सभापति निलकाजी शाक्य, बागमती प्रदेश सांसद रामकृष्ण चित्रकार र हरिप्रभा खड्गी, बागमती प्रदेश पूर्व सांसद नरोत्तम वैद्य र बिजुला बर्मा कीर्तिपुरका मेयर कृष्णमान डंगोल, तरुण दल पूर्व केन्द्रीय सभापति विनोद कायस्थ, नेता लोकेश ढकाललगायत सहभागी थिए।




