असारपुर, — कार्तिक १३ गते
सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रको बुलबुले चियाबगान र आसपासको माने निजी तथा सार्वजनिक चियाबगान क्षेत्रको व्यवस्थापन र सरसफाइ गर्न श्रमदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको २०८२/०६/१९ गते बसेको बैठकको निर्णयअनुसार, उक्त कार्यमा उपाध्यक्ष, वडाध्यक्षहरू, गाउँपालिका सदस्यहरू तथा वडा सदस्यहरूको अनिवार्य सहभागिता सुनिश्चित गरिएको छ।

गाउँपालिकाद्वारा जारी पत्र अनुसार, २०७२ कार्तिक १३ गते बिहान ७ बजेदेखि सरसफाइ कार्यक्रम सुरु हुने छ। सहभागीहरूले गाउँपालिका नजिक रहेको चियाबगान र आसपास सफा गर्नुपर्नेछ।

कार्यक्रममा सहभागी हुन चाहने सबैलाई कुटो, कोदालो लगायतका आवश्यक सामग्रीसहित उपस्थित हुन आग्रह गरिएको छ।

गाउँपालिका प्रशासनिक अधिकृत शेरबहादुर बस्नेतद्वारा हस्ताक्षरित पत्रमा श्रमदान कार्यक्रमलाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *