काठमाडौं । त्रिपुरासुन्दरी गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय चौताराले गाउॅपालिकाभित्र वडाहटबाटै राष्ट्रिय परिचयपत्र विवरण गर्ने भएका छ ।पालिकाले जिल्ला प्रशासन कार्यालयको सहयोगमा साउन २६ देखी परिचयपत्र वितरण गर्न लागेको हो ।
पालिकाले पहिले परिचयपत्र बनाउन दर्ता गरेको गरिकहरुको राष्ट्रिय परिचयपत्र कार्ड लिन सजह बनाउदै वडाबाट वितरण गर्न लागेको गाउॅपालिका निमित्त प्रशासकीय अधिकृत शालिक राज घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार २६ र २७ विहान ८ बजे देखी ५ बजेसम्म २ नं वडा कार्यालय, तौथलीबाट वितरण सुरु गर्दा क्रमशः २८ गते विहान १० बजे देखी ५ सम्म वडा कार्यालय, गैरिगाउँ ३, २९ र ३० गते विहान १० वजे देखी ३ बजेसम्म वडा कार्यालय, धुस्कुन ४, ०५/०१ र २ गते विहान १० बजे देखी २ बजेसम्म वडा कार्यालय, चोकटी ५, त्यस्तै ३ गते विहान १० बजे देखी १ बजेसम्म वडा कार्यालय, घोर्थली ६, ५ गते विहान १० बजे देखी ६ बजेसम्म वडा कार्यालय, टेकानपुर ७ र ८, ९ गते विहान १० बजे देखी ४ बजेसम्म वडा कार्यालय, पिस्करमा वितरण हुने बताए ।
पालिकाले कार्ड लिन आधार खुल्ने सरकारी प्रमाणपत्र लिइ आफै उपस्थित हुन समेत आग्रह गरेको छ ।