नेपाल टेलिकमद्धारा चन्द्रागिरि नगरपालिकाको ‘अटिजम, केयर सेन्टर’लाई सहयोग

  • प्रकाशित मिति : July 16, 2025
  • sthaniyasarkar.com

चन्द्रागिरि नगरपालिका । नेपाल टेलिकम केन्द्रिय कार्यालय भद्रकालीले अटिजम भएका बालबालिकाहरुलाई सहयोग गरेको छ । टेलिकमले चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित अटिजम, केयर सेन्टरलाई दैनिक जीवनमा प्रयोग हुने खाद्यन्न सामग्री सहयोग गरेको हो ।
नेपाल टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत अटिजम केयर सेन्टरलाई खाद्यन्न वितरण गरिएको व्यापार अधिकृत कृष्ण प्रसाद पौडेलले बताए । महिला उत्प्रेरणा विकास मञ्चद्धारा सञ्चालित अटिजम केयर सेन्टर बलम्बुमा अहिले आशिक र नियमित गरि १३ जना बालबालिका सिकाई प्रक्रियामा रहेका छन् ।
कार्यक्रममा सेन्टरका सल्लाहकार शकर खड्काले नेपाल टेलिकमले गरेको खाद्यन्न सहयोग कार्यको उच्च प्रशंसा गर्दै आगामी दिनमा समेत अटिजम भएका बालबालिकालाई सरकार, समाज तथा संस्थाबाट निरन्तर सहयोगको खाँचो रहेको बताउँनुभयो । खाद्यन्न हस्तान्तरण कार्यक्रमम नेपाल टेलिकमका सहायक व्यापार अधिकृत समीक्षा ढुंगाना, आकंक्षा शर्मा, वरिष्ट सहायक यादव प्रसाद अधिकारी, समाजसेवी छविलाल घिमिरे, सन्तलाल श्रेष्ठ अभिभावक तथा अन्य व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।