काठमाडौँ । सरकारले साउन महिनालाई डेंगी सचेतना महिना घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार बिहान कार्यक्रम आयोजना गरी लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संकमणबारे जनचेनता फैलाउन साउन महिना रोजेको हो।
यस क्रममा मन्त्रालयले यस वर्ष ६० हजारभन्दा बढी नागरिकलाई डेंगी संक्रमण हुन सक्ने अनुमान पनि गरेको छ ।
सरकारले डेंगीविरुद्ध सचेतना स्थानीय तहहरूसँग मिलेर गर्ने बताएको छ ।
डेंगी संक्रमण साउनदेखि कात्तिकसम्म देखिने भएकाले साउनको सुरुवातदेखि नै यसविरुद्ध सचेतना फैलाउन लागिएको हो ।
सचेतना अभियानको नेतृत्व इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले गर्ने जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *