काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाको कार्यपालिकाले आगामी आर्थिक वर्षको बजेट नगर सभामा पेस गर्न निर्णय गरेको छ । आज २ बजे बस्ने नगर सभाको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने निर्णय भएको महानगर स्रोतले बताएको छ ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मेयर बालेन्द्र शाह (बालेन) र बजेट उपप्रमुख सुनिता डङ्गोलले प्रस्तुत गर्नेछिन् । महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड निर्धारण गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *