काठमाडौं । काठमाडौं महानगरपालिका मेयर वालेन र प्रमुख प्रशासकीय अधिकृतबीचको टसलका कारण रोकिएको काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते आउने भएको छ ।
शुक्रबार बसेको कार्यपालिका बैठकमा मेयर साहले २९ गते आइतबार दिउँसो २ बजे नगरसभा अधिवेशन तय भएको जानकारी गराएका हुन् ।
बैठकका लागि २४ एजेन्डा तय भएकोमा आज कार्यपालिका बैठकको मिति तोकेर मेयर साहले बैठक स्थगित गरे ।
विगत ६ महिनादेखि बस्न नसकेको बैठक १ मिनेटमै टुंगिएको हो ।