काठमाडौं । आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै छ। महानगरपालिकाका मेयर बालेन्द्र साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आह्वान गरेपछि आज बैठक बस्न लागेको हो ।

सो अघि बिहान ११ः०० बजे बजेट स्रोत समितिको बैठक बस्ने छ भने उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्ने छ।

कानुनी तथा औपचारिकता पूरा भए दिउँसो २ः०० बजेको कार्यपालिका बैठक बस्ने र सोही बैठकले नीति तथा कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट नगर सभामा पेस गरिने छ।

सोही कार्यपालिकाले नगरसभा बैठकले मिति नै तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी मेयर साहले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *