घादिङ्ग। घादिङ्गको ज्वालामूखी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ मा करिव ७७ प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले चालु आवका लागि स्वीकृत बजेट तथा कार्यक्रम सञ्चालनअन्तर्गत चालु र पुँजीगत दुवै गरी कुल ७७.३६ प्रतिशत खर्च गरेको हो ।
गाउँपालिकाले आज वित्तिय प्रगति सार्वजानिक गर्दै कुल खर्चमध्ये विकास बजेट अर्थात पुँजीगत खर्चको प्रगति ६५.०२ प्रतिशत रहेको छ ।
त्यस्तै चालुतर्फ खर्चको प्रगति ८१.२९ प्रतिशत रहेको अध्यक्ष वनेमले जानकारी दिएका छन् ।
