काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको हंसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुदेवी झासहित नौं जना तथा एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उपप्रमुख झासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल, इन्जिनियर दिनेश कुमार मण्डल, योजना शाखाका खरिदार शत्रुघन साह, लेखापाल नेत्र लुंगेली, सब–इन्जिनियर विनोद कुमार मण्डल र खरिदार ज्ञानेन्द्रकुमार झाविरुद्ध मुद्दा दायर गरिएको हो ।
यस्तै देव कन्स्ट्रक्सन तथा उक्त कम्पनीका सञ्चालक शुभचन्द्र मण्डलविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । नगरपालिकाको वडा नम्बर ५ स्थित सुगा निकासदेखि कट्टीसम्म पीसीसी ढलान योजना टुक्रा–टुक्रा पारी रकम भुक्तानी गरी अनियमितता गरेको अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ । ५२ लाख ७२ हजार १६८ रूपैयाँको हिनामिना भएको अख्तियारको दाबी छ । सबै प्रतिवादीविरुद्ध फरक फरक बिगो कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *