हंसपुर नगरपालिकाका तत्कालीन उपप्रमुखसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको हंसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुदेवी झासहित नौं जना तथा एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उपप्रमुख झासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल, इन्जिनियर दिनेश कुमार मण्डल, योजना शाखाका खरिदार शत्रुघन साह, लेखापाल नेत्र लुंगेली, सब–इन्जिनियर विनोद कुमार मण्डल […]