यो वर्ष ६० हजार डेंगी संक्रमित हुने सक्ने आंकलन

  • प्रकाशित मिति : July 2, 2025
  • sthaniyasarkar.com

काठमाडौँ । यो वर्ष ६० हजार डेंगी संक्रमित हुने सक्ने आंकलन गरिएको छ । इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाल यस बर्ष ६० हजार डेंगी संक्रमित हुने सक्ने आंकलन गरिएको हो ।
अहिले केही जिल्लाहरूमा दुई सयको हाराहारीमा डेंगी संक्रमण फैलिइसकेको छ । केही जिल्लामा त्यो भन्दा कम संख्यामा संक्रमण फेला परेको छ । यी सबै गरी रिपोर्ट भएका संक्रमित संख्या १६ सय पुगेको छ ।
यो समयमा गत वर्षभन्दा आधा संख्यामा तथ्याकं देखिएपनि भित्र–भित्रै डेंगी संक्रमण फैलिरहेको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। ‘यो वर्ष ६० हजार डेंगी संक्रमित हुने सक्ने आंकलन गरिएको छ ’ कीटजन्य शाखाका प्रमुख गोकर्ण दाहालले भने ।
बुधबार एक छलफल कार्यक्रमको बिच महाशाखाले सम्भावित जोखिमलाई ध्यान दिई पुर्वतयारी पनि भइसकेको जनाएको हो । ‘सबै स्थानीय तह र स्वास्थ्य संस्थालाई डेंगु विरुद्धको अभियान र उपचारको लागि समान उपचार विधि र अभियानको बारेमा जानकारी गराएका छौ ’ महाशाखा कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताएका छन्।
यसको साथै २५ हजार कीट रहेको र सम्बन्धित तहलाई कीट खरिद र अभियानको लागि बजेट पठाइसकेको नयाँ वर्षमा पनि यो बजेट निष्कासन हुने जानकारी दिए । अभियानको लागि विभिन्न भाषामा सन्देशमूलक सामाग्री प्रचार/प्रसारण गर्ने गरी कार्य योजना र आवश्यक बजेटको व्यवस्थापन गरेको महाशाखाले जनाएको छ ।

असारको मध्यसम्ममा गत वर्षको तुलनामा आधा संख्यामा देखिएपनि डेंगी संक्रमण भने धेरै भएको हुने उनको अनुमान छ । कतिपय डेंगीले कडा लक्षण नदेखिने र कतिपयको परीक्षण बिना नै निको हुने भएकोले समुदायमा दोब्बर संख्यामा भएको हुन सक्ने दाहाल बताउँछन् । डेंगी संक्रमण साउनदेखि कात्तिकसम्म बढी सक्रिय हुने हुने र यही मनसुनमा सक्रिय हुने हुनाले अव हरेक निकाय सजक हुनु पर्ने देखिएको सुझाए । विशेष गरी लामखुट्टे खोज र नष्ट गर अभियान अबको तीन महिनासम्म निरन्तर जारी राख्नु पर्ने सुझाए । ‘लामखुट्टेको वासस्थान नै नभएपछि वृद्धि हुँदैन, वृद्धि नभएपछि संक्रमण हुँदैन’ उनले भने ।

चिकित्सकको अनुसार एडिस एजिप्टाइ’ नामक लामखुट्टेको सङ्क्रमणबाट डेंगी संक्रमण हुन्छ । यो लामखुट्टेले डेंगी संक्रमित व्यक्तिलाई टोकेमा अर्को व्यक्तिमा सर्छ । एउटा लामखुट्टेबाट कम्तीमा आफ्नो जीवनकालमा दश जनालाई संक्रमण गर्न सक्ने भएकोले यो लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय रहेको चिकित्सक बताउँछन् ।

यो लामखुट्टे बिहान र साँझपख सक्रिय हुने हुनाले यसको टोकाइबाट बच्नको लागि शरीर छोप्ने लुगा लगाउने, खालि भागमा मलम लगाउने, घरमा जाली लगाउने, सफा भाँडोमा धेरै दिन पानी खुल्ला गरी नराख्ने, खाल्डाखुल्डी र बट्टामा पानी जम्मा भएमा सफा गर्ने जस्ता अभियान जारी राख्न दाहालले सुझाउँछन् ।

विगत चार वर्षदेखि नेपालमा हरेक वर्ष डेंगी संक्रमण देखिएको हुनाले यसको नियन्त्रण चुनौती बनेको दाहाल बताउँछन् । विशेष गरी ‘लामखुट्टेको वासस्थान खोज र नष्ट गर’निरन्तरता हुन नसक्नु मुख्य चुनौती बनेको छ’उनले भने । अबको जोखिममा तीन महिनासम्म निरन्तर खोज र नष्ट गर अभियानमा स्थानीय तह, हरेक घर परिवार सक्रिय हुने हो भने डेंगी संक्रमण नियन्त्रण गर्न सम्भव हुने उनले बताए । यसको साथै यो वर्ष डेंगी सङ्क्रमणबाट हुने मृत्युलाई पुरै घटाउने गरी उपचार कार्यविधी समान रुपमा लागु हुने व्यवस्था गरेको उनले बताए ।

महाशाखाका निर्देशक डा.चन्द्रबल झाले डेंगीको तुलनामा अन्य संक्रमित रोग कम देखिएकोले डेंगी नियन्त्रणमा केन्द्रित हुनु पर्ने बताए । डेंगी नियन्त्रणको लागि सबै निकायको भूमिका आवश्यक रहेको छ बताए । ‘ स्वास्थ्य क्षेत्रले मात्र गरेर हुँदैन, वातावरण, तीनै तहका सरकार सबैको भूमिका आवश्यक छ’उनले भने ।